काठमाडौं – भोटेकोशी नदीमा आएको भिषण पहिरो सहितको बाढीले बगाई ल्याई छेउ लगाएको शवलाई अमानवीय व्यवहार देखाई मृतकको कानबाट मुन्द्रा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी विनय त्रिवेणी नगरपालिका– १ घर भई हाल चितवनको लीला चोक मामाघर बसोबास गर्ने मदन गुरुङ र सुनसरीको चाइँबेला नगरपालिका– ५ घर भई हाल चितवनको पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने उमेश चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवन कार्यालयमा प्राप्त भिडियोको अनुसन्धान गर्दै जाँदा भिडियोमा देखिए उनीहरूलाई चितवनको पोखरा बसपार्क नजिकैबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया