काठमाडौं – रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि नेपाल उद्योग परिसंघले ‘डिजास्टर रेस्पोन्स कमिटि’ स्थापना गरेको छ । परिसंघले विपत्तिको समयमा प्रभावित नागरिकहरुलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन ‘डिजास्टर रेस्पोन्स कमिटि’ स्थापना गरी राहत सामाग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको छ ।
यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई आग्रह गरेको छ । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष अनुरोध समेत गरेको छ ।






About Us
प्रतिक्रिया