नेपालमा करिब १०० चिनियाँ नागरिक बेपत्ता


काठमाडौं – रसुवा बढीमा परेर करिब १०० चिनियाँ नागरिक अझै बेपत्ता रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले  करिब १०० चिनियाँ नागरिक अझै बेपत्ता रहेको बताएका हुन्।

 लिनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँग यससम्बन्धी जानकारीको थप पुष्टि गरिरहेको छ।