रसुवा बाढीमा २७० शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन


काठमाडौं – रसुवामा आएको बाढी तथा पहिरोमा परी हालसम्म २७० वटा शव फेला परेको छ। प्रहरीका अनुसार रसुवाबाट १७ वटा, नुवाकोटबाट १२ वटा, धादिङबाट २७ वटा, चितवनबाट १०८ वटा, गोरखाबाट २० वटा नवलपरासी पूर्वबाट ६२ वटा र नवलपरासी पश्चिमबाट १५ वटा शव भेटिएको छ। 

यस बढीमा ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ। ६६ जना घाइते काठमाडौं उपत्यका विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ । साथै, २८ जना प्रहरी अझै सम्पर्क विहीन रहेका छन्।