नेपालका लागि ३७.५ टन मानवीय सहायता बोकेको भारतको दोस्रो उडान प्रस्थान


काठमाडौं – नेपालका लागि ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री बोकेको भारतको दोस्रो उडान प्रस्थान गरेको छ। भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार उक्त उडानमा औषधि तथा खाद्य सामग्रीसहित आवश्यक मानवीय तथा विपद् राहत सामग्री रहेको छ।

विपद्को अवस्थामा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले भारतले नेपालतर्फ राहत सामग्री पठाएको हो। जयशंकरले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताएका छन्।