काठमाडौं – रसुवा जिल्लामा नेपाली सेनाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार आज हेलिकप्टरमार्फत रसुवाबाट ३३६ जनाको उद्धार गरिएको छ।
त्यसैगरी, जमिनमार्गबाट थप १२६ जनाको उद्धार गरिएको उनले बताए। उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा अहिले १४ वटा हेलिकप्टर परिचालन गरिएको उनले बताए। प्रवक्ता बस्नेतका अनुसार अहिले सेना मुख्य रूपमा खोज, उद्धार तथा राहत वितरणमा केन्द्रित छ। प्रभावित क्षेत्रमा नेपाली सेनाका २ हजारभन्दा बढी फौज परिचालन गरिएको छ। रसुवा र नुवाकोट जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सेनाले त्रिशूलीमा विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोली तथा उपचार केन्द्रसमेत स्थापना गरेको छ। उक्त मेडिकल केन्द्रबाट हालसम्म ६४ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन्। राहततर्फ पनि सेनाले कामलाई निरन्तरता दिएको छ। आज राति मात्रै ११ ट्रक राहत सामग्री त्रिशूलीमा ढुवानी गरिएको र त्यहाँबाट आवश्यकताअनुसार प्रभावित स्थानमा राहत सामग्री वितरण भइरहेको उनले बताए।






About Us
प्रतिक्रिया