रसुवा बाढीः हालसम्म ७ सय ६८ जनाको शव फेला


काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २बजे सम्म ७ सय ६८ जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २ सय ६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९४ जना र नवलपरासी पश्चिम १ सय जना गरी ७ सय ६८ जनाको शव फेला परेको हो।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।