काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका चितवनमा मात्रै हालसम्म ६४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनमा मात्रै हालसम्म ६४ वटा शव फेला परेका हुन्।
शवको खोजी कार्य जारी रहेको छ, प्रारम्भिक आङ्कलन अनुसार सयौँ शवहरू फेला पर्न सक्ने देखिएको प्रहरीले जनाएको छ। साथै, जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूको क्षमता अनुसार अधिकतम ५० वटा मात्र शव राख्न सक्ने स्थिति रहेको प्रहरीले जनाएको छ।
शव खोजी कार्य जारी रहँदा शव व्यवस्थापनका लागि स्थानको अभावसमेत देखिएको भन्दै आपत्कालीन व्यवस्थापनको रणनीतिअनुसार शवको सुरक्षा र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनले यस्तो विषम परिस्थितिमा कतै शव फेला परेमा तत्काल नजिकको सुरक्षा निकायलाई सूचना दिन आग्रह गरेको छ।






About Us
प्रतिक्रिया