रसुवा बाढी अपडेट : १५७ शव फेला


काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ। साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको) को शव भेटिएको छ। गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ।

यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ।

त्यस्तै बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ।