रसुवा बाढीका सात मृतकको शव नुवाकोट र धादिङमा फेला


काठमाडौं – रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशी हुँदै आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये नुवाकोटमा तीन जना र धादिङमा चार जनाको फेला परेको हो। बाढीको बहाव रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनका नदीहरूसम्म पुगेको छ।