काठमाडौं – रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ’ सभापति रवि लामिछानेले जानकारी दिए।
संसद्मा बोल्दै उनले यसबारे जानकारी दिएका हुन्। साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, आपत्तमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताएका छन्।
यस अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन्।






About Us
प्रतिक्रिया