काठमाडौं – फुटेको हिमतालबाट पानी पूर्ण रूपमा नखोलिएको भन्दै सशस्त्र प्रहरी बल, नेपालले जुनसुकै बेला पानीको बहाव पुनः बढ्न सक्ने र जोखिम उत्पन्न हुनसक्ने भएकाले तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।
सशस्त्र प्रहरीले तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने तथा अन्य कुनै प्रयोजनका लागि नजान सर्वसाधारणलाई अनुरोध गरेको हो।
हिमतालबाट पानीको बहावमा पुनः वृद्धि हुनसक्ने सम्भावना रहेकाले नदी तथा आसपासका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सुरक्षा सतर्कता कायम राख्न आग्रह गरिएको छ।






About Us
प्रतिक्रिया