मन्त्रिपरिषद् निर्णय:

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय


काठमाडौं – सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्री पोखरेलले घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको मन्त्री पोखरेलले जानकारी दिए।

बैठकले गृहमन्त्रीलाई उद्धारका लागि हेलिकोप्टरसहित सबै साधन प्रयोग गर्न निर्देशन दिएको छ। सरकारले घरबास गुमाएका मानिसहरुलाई गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिले मिलाउने भएको छ। बाढीबाट अवरुद्ध सडक र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने तथा विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले मिलाउने र घटनामा परि ज्यान गुमाउनेका परिवारलाई कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।

त्यसैगरी, बाढीका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन तथा प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था गर्न पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। अवरुद्ध विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण तथा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिइएको छ।