काठमाडौं – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष,रजिस्ट्रार,दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र लिएका हुन्। प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन्।






About Us
प्रतिक्रिया