काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीको घटनामा आवश्यक उद्धार, राहत तथा आगामी कदमबारे निर्णय गर्न उच्च स्तरीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार, राहत तथा आगामी कदम चाल्न उच्चस्तरीय बैठक बोलाइएको बताएका छन्।
शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए।






About Us
प्रतिक्रिया