काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
दुर्गा प्रसाईंकी पत्नी उमाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।
यस्तै प्रसाईंको घर खानतलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन आदेश जारी भएको छ। भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो।






About Us
प्रतिक्रिया