काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका-६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन्। प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै दिउँसो करिब ३ बजे अस्ताम पुगेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको यो भ्रमण पूर्णतः पारिवारिक रहेको छ।
प्रधानमन्त्री शाह र उनको भ्रमण टोलीका लागि रिसोर्टका तीनवटा ब्लकका १२ वटा कोठा बुकिङ गरिएको छ। पोखराबाट करिब १५ किलोमिटर दूरीमा रहेको उक्त रिसोर्टमा उनी आज राति बस्नेछन्।
प्राकृतिक वातावरण, हिमाली दृश्य र शान्त परिवेशका कारण पर्यटकको रोजाइमा पर्दै आएको रिसोर्टबाट माछापुच्छ्रे हिमशृंखला, पोखरा उपत्यका तथा आसपासका ग्रामीण बस्तीको दृश्यावलोकन गर्न सकिन्छ।
प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै रिसोर्टमा आवश्यक सुरक्षा तथा व्यवस्थापनको तयारी गरिएको छ। प्रधानमन्त्री शाह भोलि अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टबाट मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।






About Us
प्रतिक्रिया