भरुवा बन्दुकसहित गोरखामा एक जना पक्राउ


काठमाडौं – गोरखाको सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनार गाउँका ४३ वर्षीय प्रेम सुनार रहेका छन्। उनलाई बिहीबार राति भरुवा बन्दुक एक थानसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी नयाँसाँघुसहितबाट खटिएको प्रहरी टोलीले सुनारलाई उक्त बन्दुकसहित नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।