बैकिङ्ग समाचार।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको आईपीओ निष्काशन आउने भएको छ ।
कम्पनीले शेयर जारी गर्न असोज १४ गते नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको हो । यससँगै धितोपत्र बोर्डबाट आवश्यक प्रक्रिया पूरा भई शेयर जारी गर्न स्वीकृति पाएपछि कम्पनीले मिति तोकेर सार्वजनिक निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।
प्रतिक्रिया