देशभर पाँच स्थानमा आगलागी, १२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट


काठमाडौं – देशका विभिन्न पाँच स्थानमा आगलागी भएको छ। प्रहरीका काठमाडौं महानगरपालिका– १७ कालधारा चोकस्थित रचित डंगोलले संचालन गरेको मण्डला इलेक्ट्रोनिक पसलमा विद्युत् सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका– २७ धरमपुर बस्ने ५८ वर्षीय दिवाकर भुर्तेलको गोठमा विद्युत् सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। बागलुङको  काठेखोला गाउँपालिका–२ भिमपोखरा मुलठाना बस्ने डोलेन्द्र प्रसाद गौतमको गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।

साथै, महोत्तरीको सोनमा गाउँपालिका– ५ खयरबनी बस्ने विजय यादवको घरमा शनिबार बेलुकी आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। रौतहटको  गढीमाई नगरपालिका– २ हतिऔल बस्ने सकेन्द्र बैठाको गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।