हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै


काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन आउँदो असोज २ गतेपछि सकिने भएको छ।

कम्पनीको सो समयदेखि संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको मिति २०८० असोज २ गतेदेखि यी शेयरहरू लकइनमा राखेको थियो।