काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका सवारी साधनमा ३० वटा मोटरसाइकल र २० वटा स्कुटर रहेका छन्।







About Us
प्रतिक्रिया