सर्लाहीबाट स्रोत नखुलेको ५१ लाख रूपैयाँसहित जगन्नाथ महतो कोईरी


काठमाडौं – सर्लाहीको ब्रहम्पुरी गाउँपालिका– २ राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको नगद ५१ लाख ३४ हजार रूपैयाँसहित महोत्तरी गौशाला नगरपालिका– १२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोईरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको स्कुटर तलासी गर्दा उक्त नगद फेला पारी चालक जगन्नाथलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।