काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन्। संस्थाका जेष्ठ संचालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको संस्थाको १९४औँ सञ्चालक समिति बैठकले नेपाल भूषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि.का प्रतिनिधि) लाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो।
नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि औपचारिक रुपमा उनले अध्यक्षको पदभार सम्हाल्नेछन्। त्यस्तै, संस्थाको सोहि बैंठकमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समितिको सदस्यको रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल प्रतिनिधित्व हुने गरी बैठकमा पठाएको संस्थाले जनाएको छ।








About Us
प्रतिक्रिया