प्रहरी हिरासतबाट मानिस छुटाइदिने भन्दै रकम लिने बेचन पक्राउ


काठमाडौं – प्रहरी हिरासतमा रहेका मानिसलाई छुटाइदिने भन्दै रकम असुल गरेको आरोपमा सर्लाहीबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीका बेचन भन्ने अवधेस चौधरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार उनले प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम लिएको थिए।  प्रहरीका अनुसार चौधरीले सोही स्थानका राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावित पारी हिरासतमा रहेका मानिसलाई छुटाउने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चौधरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका राजेन्द्र रायको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ।