काठमाडौं – दरमखोला हाइड्रो इनर्जीले आफ्ना शेयरधनीलाई आगामी भदौ १४ गते बार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा अनामनगर स्थित किम्ची रेष्टुरेष्ट एण्ड बैक्यूटमा बोलाएको हो।
सभामा विशेष प्रस्ताव अन्तर्गत कम्पनीको संचालक समितीमा नियम २७ बमोजिम सर्वसाधारण समुह (क) को ३ जना सञ्चालक पदको निर्वाचन गर्ने, कम्पनीको वार्षिक साधारणसभ सम्बन्धि प्रवन्धपत्र र नियमावली तथा अन्य कानुनी संशोधन सम्वन्धित निकायहरुबाट कुनै संशोधन, फेरवदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न संचालक समितीलाई अख्तियारी प्रदान गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८१/२०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व.२०८१/२०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने, कम्पनी आर्थिक वर्ष २०८१/०८२ को लागि कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार कम्पनी रजिष्ट्रार कार्यालयबाट नियुक्त लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने, आर्थिक वर्ष २०८२/०८३ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।








About Us
प्रतिक्रिया