मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले बोलायो छैटौँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई छैटौँ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आउँदो भदौ १७ गते नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बोलाएको हो। उक्त सभा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ।

कम्पनीको सभामा विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ। यस्तै, सञ्चालक समितिको तर्फबाट आव २०८२/०८३ को वार्षिक प्रतिवेदमाथि छलफल गरी पारित गर्ने, आव २०८२/०८३ का लेखा परीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने त्यसैगरी आव २०८३/८४ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

साथै उक्त सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसको अर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदौ १ गते सम्म कारोबार भई यस कम्पनीको शेयररजिष्ट्रार ग्लोवल आईएमई क्यापिटल नक्साल काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतआधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन योग्य हुनेछन्।