३ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक


काठमाडौं – कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

हालका लागि बैंकको सो शेयरमा बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यता, संस्थापक शेयरधनीबाट आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।