काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख बढी कित्ता शेयरको लकइन अवधि भदौ २३ गते सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र कर्मचारीहरूलाई सुरक्षित गरिएको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।
कम्पनीका संस्थापक शेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँट गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँट गरिएको २८ हजार ८५३ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।







About Us
प्रतिक्रिया