काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका ३३ एसपी सरुवा भएका छन् । प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयका आधारमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो ।
सरुवा भएका कर्मचारीहरुले २०८३ साल भदौ १ गतेदेखि सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ। सरुवा सूचीअनुसार सशस्त्र प्रहरी उपरीक्षक मनोज थापालाई सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा सरुवा गरिएको छ।







About Us
प्रतिक्रिया