डिजिटल कारोबारमा राष्ट्र बैंकले शुल्क तोक्यो, कति कारोबारमा कति शुल्क ?

डिजिटल कारोबारमा राष्ट्र बैंकले शुल्क तोक्यो, कति कारोबारमा कति शुल्क ?


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी  कार्य गर्ने संस्थाहरुलाई राजस्‍वमा सीमा तोकेको छ । राष्ट्र बैंकले नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्‍चालन गरेको वालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्‍ने शुल्क तोकेको हो ।

जसअनुसार वालेटमार्फत १ हजारसम्मको कारोबार निःशुल्क भुक्तानी गर्न सकिनेछ । त्यसैगरी १ हजार भन्दा माथि देखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजार भन्दा माथि देखि १० हजारसम्मको भुक्तानीमा १० रुपैयाँ र सोभन्दा माथिको भुक्तानीमा ३० रुपैयाँ शुल्क लाग्नेछ ।

पुस मसान्तसम्म शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

केन्द्रीय बैंकले पुस मसान्तसम्मका लागि भने कोभिडको कारण देखाउँदै वालेमार्फत हुने राजस्व भुक्तानी निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन भुवन कडेलले वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्म केन्द्रीय बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको जानकारी दिए ।

\"\"
\"\"