काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ। उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी (मोटरसाइकल र स्कुटर) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो।
आफ्नो सवारी फिर्ता पाएपछि सवारी धनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। यसैबिच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए।
ट्राफिकले करिब ३० लाख मूल्य पर्ने मोटरसाइकल समेत भेट्टाएर धनीलाई हस्तान्तरण गरेको थियो। बबरमहलबाट हराएको अप्रिला कम्पनीको करिब ३० लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल फेला पारेर बुझाइएको ट्राफिक प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया