घर निर्माण फेस्टुको नयाँ संस्करणका लागि स्टल बुकिङ खुला


काठमाडौं – यस वर्ष पनि घर निर्माण फेस्ट २०८३ आयोजना हुने भएको छ। घर निर्माण फाउन्डेसन को आयोजनामा हुने यो फेस्ट आगामी पुसको  १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो। यसअघिका फेस्टमा उत्साहपूर्ण रूपमा दर्शकको उपस्थिति रहेको फेस्टमा यस पटकका लागि १५० बढी स्टलहरू रहने छ। फेस्टमा इस्टल राख्न चाहनेका लागि स्टल बुकिङ खुला गरिएको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ।

निर्माण क्षेत्रमा संलग्न रहेका इच्छुक कम्पनी र संस्थाले आफ्नो उत्पादन तथा सामग्रीबारे समेत फेस्टमा इस्टल राखी उपभोक्तामाझ पुऱ्याउन सक्नेछन्। फेस्टमा सहकार्यका लागि समेत आवेदन खुला गरिएको छ। यसका लागि काठमाडौंको बबरमहलस्थित फाउन्डेसनको कार्यालयमा अथवा ९८०९८८००४८ मा सम्पर्क गर्न सक्नेछ। अव्यवस्थित निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन, मन्दीको अवस्थामा रहेको आर्थिक गतिविधि चलायमान बनाउन तथा निर्माण क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र निर्माण कम्पनीबीच सम्बन्ध स्थापित गराउनका लागि फेस्ट आयोजना गर्न लागिएको हो।

आधुनिक निर्माण प्रविधि र सामग्रीको प्रयोग बढाउन, घर निर्माणको तयारीदेखि अन्तिम चरणसम्मको जानकारी एउटै थलोबाट दिने उद्देश्य समेत फेस्टले राखेको छ। यसअघि गत पुस १२ १५ गतेसम्म भएको दोस्रो संस्करणको फेस्टमा ६० हजार बढी दर्शकको उपस्थिति रहेको थियो। १ सय ३५ स्टल रहेको सो फेस्टमा ३ अर्ब बढीको कारोबार भएको थियो। फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भए पनि धेरै ब्रान्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्रान्डिङ गर्न चुनौती भोगिरहेको समस्या समाधानका लागि फेस्ट आयोजना गर्न लागिएको हो।

४ दिनसम्म चल्ने फेस्टमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुऱ्याउन सक्नेछन्। फेस्टमा निर्माण व्यवसायी र सरोकारवालासँग निर्माण क्षेत्रमा रहेका समस्या समाधानका उपाय र गुणस्तरीय निर्माणका लागि अपनाउनुपर्ने उपायबारे बारे समेत छलफल हुनेछ भने अवलोकनतकर्ताहरुले निर्माणका क्रममा अपनाउनुपर्ने सावधानी, ध्यान दिनुपने पक्ष तथा कम लागतमा गुणस्तरीय निर्माणका लागि अपनाउन सकिने प्रक्रियाबारे परामर्श लिन पाउनेछन्। विभिन्न निर्माण सामग्री उत्पादक र व्यवसायीले प्रदान गर्ने प्रयोगका तरिकाबारेको जानकारी समेत फेस्टमा पाइनेछ।

यसैगरी निर्माण क्षेत्रमा विकास गरिएका नयाँ प्रविधि तथा उत्पादनबारे प्रयोगकर्तासम्म पुयाउनका लागि समेत फेस्ट प्रभावकारी हुनेछ। निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे प्रत्यक्ष जानकारी दिन तथा नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यावसायिक वृद्धिका लागि फेस्ट प्रभावकारी हुनेछ। फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिनेछ। इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे पनि फेस्टमा अवलोकनकर्ताले आवश्यक जानकारी लिन सक्नेछन्।