बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डूले सेयर लगानीकर्ताको लागि लाभाशं घोषणा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १३ प्रतिशत बोनस र ३ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा यो बैंक दोस्रो बनेको छ ।
प्रतिक्रिया