काठमाडौं – आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ।
विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए/नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए/नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भएरनभएको बारेमा अनुगमन गर्दै आएको छ।
पछिल्ला दिनमा विभागले ठूलो संख्यामा व्यावसायिक फर्महरूमाथि अनुगमन गर्दै आएको छ। सोही क्रममा बिहीबारमात्रै काठमाडौंको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुगमन निरीक्षण गरेको हो।
विभागले अनुगमन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको स्पष्ट पारेको छ।



About Us
प्रतिक्रिया