रिलायन्सले डिजिटल ऋण प्रदान गर्ने


काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले डिजिटल ऋण प्रदान गर्ने भएको छ। फाइनान्सले  ई सेवासँगको सहकार्यमा ईसेवाका ग्राहकलाई ईसेवा मोबाइल एप मार्फत डिजिटल ऋण सेवा उपलब्ध सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेको छ।

फाइनान्सको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको सम्झौता अनुसार ईसेवाका ग्राहकहरूले आफ्नो व्यवसाय वृद्धि गर्न रिलायन्स फाइनान्सले बिना धितो २ लाख रुपैयाँसम्म डिजिटल कर्जा सहज रूपमा छिटो छरितो र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन्। 

सम्झौता पत्रमा रिलायन्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्ताक्षर गरेका थिए। हस्ताक्षरपछि दुवै पक्षद्वारा यो सहकार्यले ग्राहकहरूले बिना कागजी प्रक्रिया, छिटो र सहज पहुँच सहितको डिजिटल ऋण सेवा प्राप्त गर्नुका साथै यसले यसले नेपालको डिजिटल अर्थतन्त्रलाई समेत थप टेवा पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थाहरूसँग  हातेमालो गर्दै ग्राहकहरूलाई नवीनतम सेवा प्रदान गर्दै आइरहेको छ।