काठमाडौं – सीजी ब्रान्डले नयाँ वर्ष २०८३ का लागि आफ्नो वार्षिक ब्रान्ड अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक गरेको छ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्षको अवसरमा उक्त अभियान घोषणा गरेको हो। यससँगै ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ भन्ने नारासहित विशेष उपहार योजना पनि सुरु गरिएको कम्पनीले जनाएको छ।
गत वर्ष सञ्चालन गरिएको ‘लेभल अप’ अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो। सो अभियानअन्तर्गत कम्पनीले एआई टिभी, एआई एयर फ्रायर, कराओके टिभी तथा १०० इन्चको ठूलो टेलिभिजनजस्ता अत्याधुनिक उत्पादनहरू सार्वजनिक गरेको थियो।
यस वर्षको ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ अभियानमार्फत ग्राहकको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। अभियानअन्तर्गत प्रिमियम जीवनशैलीको अनुभव, आकर्षक उपहार योजना तथा बम्पर लक्की ड्रमार्फत भाग्यशाली ग्राहकलाई विशेष पुरस्कार प्रदान गरिने बताएको छ।
त्यस्तै, खरिदमा क्यूआर कोड स्क्यान गरी दर्ता भएपछि ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुने व्यवस्था गरिएको छ। सीजीले नागरिकता मात्रको आधारमा शून्य प्रतिशत ईएमआई सुविधा वर्षभरि उपलब्ध गराउने जनाएको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा दिँदै आएको सीजी इलेक्ट्रोनिक्सले देशभर २१ वटा शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिदको सुविधा पनि उपलब्ध गराएको छ। कम्पनीले ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ अभियानमार्फत उपभोक्तालाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवासहित उत्कृष्ट जीवन अनुभव दिने प्रतिबद्धता व्यक्त गरेको छ।



About Us
प्रतिक्रिया