काठमाडौं – उदयपुरको उदयपुरगढी गाउँपालिका–६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरुवा बन्दुक १ थानसहित मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ। गुन्सुरेले भरुवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरुण राई र अरुणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो।
घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका–७ चित्लाङ बस्ने ४६ वर्षीय केश बहादुर गुरुङलाई एकनाले भरुवा बन्दुक १ थानसहित मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ।
केश बहादुरको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया