ललितपुर नापी कार्यालय तथा यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ


काठमाडौं – प्रहरीले ललितपुर नापी कार्यालय तथा यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । 

ललितपुरको लगनखेल स्थित रहेको नापी कार्यालय तथा एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार, २१ जना नापी कार्यालय र ११ जना यातायात व्यवस्था कार्यालयबाट बिचौलियाहरू पक्राउ परेका हुन् ।उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।