काठमाडौं – कैलालीको टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने ४३ वर्षीय लाल बहादुर थापाको खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा लाल बहादुर समेत ९ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ७ सय ३५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित पोखरा होम्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१ बगर बस्ने ५२ वर्षीय सुक बहादुर श्रेष्ठ समेत ८ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ सय रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया