काटमाडौं – यातायात व्यवस्था कार्यालय पोखराबाट १८ जना बिचौलियाहरू पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालय पोखरामा आएका सर्वसाधारण सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिएको भन्ने गोप्य सूचनाका आधारमा खटिएकाे टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले उक्त यातायात व्यवस्था कार्यालय वरिपरि लेखापढी व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई नियमानुसार तोकिएको सेवा शुल्क सेवाग्राहीले स्पष्ट देख्ने गरी टास्ने प्रतिबद्धता जनाए छाडिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया