काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार ३७ कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र बीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ।
कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
आवेदन दिँदा कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्ली बजार काठमाडौंमा लिखित जानकारी दिनुपर्ने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया