क्रिप्टो कारोबारमा संलग्न बङ्गलादेशी नागरिक ३० लाख ४९ हजार  नगदसहित पक्राउ


काठमाडौं – अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न एक जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलादेश घर भई काठमाडौंको काठमाडौं महानगरपालिका– २६ ठमेल बस्ने एमडी सेहबुल इस्लाम रहेका छन्। 

उनलाई जिल्ला प्रहरी प्ररिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले ठमेलको छाँया सेन्टरबाट पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा उनको मोबाइल फोनमा ३०लाख ४९हजार ७३६ बराबरको यूएसडीटी क्रिप्टो कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २६२(क)बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट ६० हजार नगद, सिमकार्ड ९ थान, विभिन्न बैंकका एटिएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान, विभिन्न बैंकका खाता खोल्नका लागी प्रयोग गरिने केवाईसी फॉर्म कागजातहरू ७ थान र दुई लाख रुपैयाँ भरी काटिएको चेक १ थान  बरामद गरेको छ।