नेप्से १४.२१ अंकले उकालो लाग्दा घट्यो कारोबार रकम


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.२१ अंकले बढेर परिसुचक २९ सय ५० दशमलव १६ को बिन्दुमा कायम भएको छ। आज ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी एनआरएनको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ७१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सुपर खुदी हाइड्रोपार, रिलायन्स स्पिनिङ मिल्स, र होटल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन्। आज यी ३ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.४८ प्रतिशतका दरले गुमाएका हुन्।