काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएशिया लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीका रबिन्द्र जंग रायमाझी रहेका छन्।
रायमाझीले ३ जनालाई क्रोएशिया पठाइदिन्छु भन्दै ११ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ। उनलाई भक्तपुरको मध्यपुर थिमिबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया