काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक विश्लेषण गर्दा विशेष ध्यान दिनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकको बैंकर्स ट्रेनिङ केन्द्र र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको आयोजनामा आयोजित ओरिएन्टेसन प्रोग्राम अन करेन्ट इकोनोमीक एन्ड बैंकिङ्ग अफेयर्स फर इकोनोमिक जर्नलिस्ट कार्यक्रम उनले यस्तो बताएका हुन्।
गभर्नर पौडेलले अहिले लगानीयोग्य रकम थुप्रिएको भन्दै कुनै समय ब्याजदर घटे लगानी बढ्ने अपेक्षा गरिए पनि सो अपेक्षा अनुसार लगानी हुन नसकेको बताए। उनले राष्ट्र बैंकले पनि सरकारले खर्च गरोस् भन्ने चाहिरहेको बताउँदै पुँजीगत खर्च बढ्न सके अर्थतन्त्र चलायमान हुने बताए। उनले गरिब देशहरूको संस्थागत क्षमता कम हुने गरेको भन्दै नेपालको समस्या पनि यही रहेको बताए। उनले अधिकांश देशहरूको खर्चको योजना र खर्चको तादात्म्यता नमिलेको समेत उल्लेख गरे।
उनले जनताको खर्च गर्ने मनोबल कम भएको समयमा सरकारले खर्च गर्नुपर्ने बताए। ‘जब जनताले खर्च गर्ने अवस्था हुदैन भने त्यस्तो समयमा सरकारले उत्पादनमुलुक क्षेत्रमा लगानी गर्नुपर्छ’ उनले भने। उनले सडकमा उर्जा क्षेत्रमा विकासका कामहरु अघि बढीरहेको बताए। उनले वैकल्पिक वित्त कोषले अर्थतन्त्र चलायमान गर्ने अपेक्षा गरिएपनि गत भदौ २३ गते भएको जेनजी आन्दोलनले रोकिएको बताए।
सुपरभिजनलाई पनि प्रभावकारी बनाउन लागिरहेको बताए। उनले एआईको प्रयोगले सुपरभिजनलाई प्रभावकारी बनाउन सहयोग गर्दै डेटा कन्ट्रोलका काम पनि एआईबाट नै गर्न सकिन्छ उल्लेख गरे। ‘सुपरभिजनलाई पनि डिजिटल गर्ने हो भने कम जनशक्तिले पनि सहजै काम गर्न सक्छन्’ उनले भने। नियमन खुकुलो गर्दै जानुपर्ने नियमन धेरै गरेर क्रिमिनल बनाउन नहुने र जो कोहीलाई पनि काम गर्न सहज बनाउनुपर्ने उनले बताए।



About Us
प्रतिक्रिया