रिलायन्सद्वारा वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२६ को अवसरमा फाइनान्सले विभिन्न विषयहरूमा ग्राहकहरूलाई सचेतना जगाउने उद्देश्यले कार्यक्रमहरू गरेको हो। फाइनान्सले युवापुस्तामा वित्तीय अनुशासन, डिजिटल प्लेमेन्ट तथा स्मार्ट मनी टक्स लगायत अन्य विभिन्न विभिन्न आर्थिक तथा वित्तीय विषयहरूमा जानकारी गराएको हो।

कार्यक्रममा शाखाका कर्मचारीहरू, ग्राहकहरू तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। साक्षरता कार्यक्रमहरूको साथै फाइनान्सले नेपाल राष्ट्र बैंक तथा देशका विभिन्न स्थानमा बैंककर्स क्लबहरूले आयोजना गरेको सचेतनामूलक ¥यालीहरुमा समेत उल्लेखनीय सहभागिता जनाएको ब्यहोरा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यले जानकारी दिए।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि विभिन्न कार्यक्रमहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आइरहेको छ भने विभिन्न संस्थाहरूसँग हातेमालो गर्दै ग्राहकहरूलाई थप सेवा प्रदान गरिरहेको छ।