यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने १० कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.४५ अंकले घट्दा समेत १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३४५ कम्पनी कारोबारमा आउँदा १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका हुन्।

आज सर्वाधिक कमाउने कम्पनीमा सुपर खुदी हाइड्रोपार र रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट इन रहेका छन्।

जसमा सुपर खुदी हाइड्रोपार र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

त्यससँगै, पन्चकन्या माई हाइड्रोपावरले ९.९७ प्रतिशत, विशाल बजार कम्पनीले ३.७७ प्रतिशत त्यस्तै, मुक्तिनाथ डिबेन्चर २०८४/८५ ले ३.७६ प्रतिशत, हिम स्टार उर्जा कम्पनीले ३.७० प्रतिशत र एसवाई प्यानल नेपालका लगानीकर्ताले ३.४७ प्रतिशतका दरले कमाएका छन्।