निर्देशन पालना नगरेको भन्दै प्राधिकरणले गर्यो ८ बीमा कम्पनीलाई कारबाही


काठमाडौं – नेपाल बीमा प्राधिकरणले ८ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले निर्देशनहरूको पालना नगरेको भन्दै ८ वटा कम्पनीलाई कारबाही गरेको हो।

प्राधिकरणले एशियन लाइफ, हिमालयन लाइफ, दि ओरिएन्टल, हिमालयन रि, नेपाल रिका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स र नेपाल लाइफलाई कारबाही गरेको छ।

प्राधिकरणले बीमा ऐन २०७९ बमोजिम नियम नमानेको भन्दै यी कम्पनीहरुलाई कारबाही गरेको हो।