बैंकिङ्ग कसुर मुद्दामा २५ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा २५ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा घर भई काठमाडौंको टोखा बस्ने श्याम किशोर चौधरी रहेका छन्। 

ललितपुर जिल्ला अदालत,लगनखेलले उनलाई  बैंकिङ्ग कसुर मुद्दामा २५ लाख, बिगो बमोजिम १७ लाख जरिवाना  र १ लाख क्षतिपूर्ति पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो। 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा टोखाको सिद्धिटोलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।